राम बिनय प्रगतिशील साहित्यका एक अग्रज स्रष्टा हुन । साहित्यकार राम विनय अर्थात् रामकुमार श्रेष्ठ नेपाली वाङ्मय क्षेत्रमा छ दशकदेखि निरन्तर सक्रिय छन । कविता, कथा तथा नियात्रामा कलम चलाउँदै आएका राम विनयका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । उनले आफनाे साहित्यिक कृतिका लागि हृदयचन्द्र स्मृति पुरस्कार, युद्धप्रसाद मिश्र पुरस्कार, र रमेश विकल सृजना पुरस्कार लगायत विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसकेका छन् ।
राम विनय कला साहित्यले समाजको यथार्थ पक्षलाई उजागर गर्नुपर्ने भन्ने धारणा राख्दछन र स्रष्टाले परिवर्तनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने विचार राख्दछन । नेपाली समाजलाई समानतामूलक बनाउन कला साहित्यको भूमिका विशिष्ट रहने भएकाले यसको विकासमा सबै पक्षले ध्यान दिनुपर्ने भनि उ समाज रूपान्तरणमा स्रष्टाको पहल बढी जिम्मेवारपूर्ण हुने तर्क देख्दछन।
साहित्य सन्ध्या काठमान्डाै मा २०५४ देखि हाल सम्म निरन्तररूपमा सक्रिय रहेका राम विनय, विगतमा जन सहित्यिक मन्च, नेपाल का अध्यक्ष थिए र पछी अखिल नेपाल लेखक संघ र जन साहित्यिक मन्च नेपालको एकीकरण पछि "जन साहित्य लेखक संघ, नेपाल" काे गठन भएको हो र सो को संयोजककोरूपमा कार्यरत रहेका छन ।
Ram Binaya is a pioneering figure in progressive Nepali literature. For over six decades, Ram Binaya—born Ram Kumar Shrestha—has remained a steadfast and active force in the realm of Nepali letters. Crafting works across poetry, short stories, and travelogues, he has published half a dozen literary volumes. He has received several awards and recognitions for his literary work, including the Hridayachandra Memorial Award, Yuddha Prashad Mishra prize, and Ramesh Bikal Sirjana Award.
Believing that art and literature must unveil the stark realities of society, Ram Binaya maintains that creators bear a profound responsibility to champion social change. He argues that because art and literature play a distinct role in steering Nepali society toward egalitarianism, all sectors must support its development; ultimately, he views the conscious initiatives of writers as crucial to societal transformation.
Since 1998 (2054 B.S.), he has been continuously active with Sahitya Sandhya in Kathmandu. He previously served as the President of the Janasahityik Manch, Nepal. Following the merger of the Akhil Nepal Lekhak Sangh and Janasahityik Manch, Nepal, which formed the unified Jan Sahitya Lekhak Sangh, Nepal, he has been leading the organization as its coordinator.
जनमत (साहित्यिक मासिक) काे वर्ष ३८ अङ्क ७ मा "राम विनय साहित्यिक विशेष अङ्क" प्रकासित भएकाे छ। याे सम्मानका लागी हामी जनमत साहित्यिक मासिक परिवार विशेषत प्रधान सम्पादक कवि माेहन दुवाललाई हार्दिक आभार प्रकट गर्न चाहान्छौ ।
समालोचना/व्यक्ति टिप्पणीमा राम विनय
३–८. राम विनयको जीवनी, व्यक्तित्व र कृतित्व – प्रमोद रेग्मी । ९–१८. कथाकार राम विनय र उनको ’घरविनाको घर’ – प्रा. जगत् उपाध्याय । १९–३०. कवि राम विनय र उनको कविता यात्रा – प्रा.डा. हेमनाथ पौडेल ।
अन्तर्वार्तामा राम विनय
३१–३५. स्वतन्त्रता मानिसको जन्मजात नैसर्गिक मानव अधिकार हो ।
संस्मरणमा राम विनय
३६–३७. थाहा ।
कथामा राम विनय
३८–४७ः १) अन्तर्वार्ता २) शेक्सपियर ३) अंश र वंश ४) गमला र मापसे ५) हाकिम ६) संवाद ७) तालिम ८) घुस विमर्श ।
कवितामा राम विनय
३८–५५: १) झुर्मे दर्जीको अर्जी २) हित थारु ३) आग्रह ४) जराको स्वर ५) मान्छे र बाटो ६) घाउको भारी ७) यस्तो लाग्छ ८) आज स्कुल ९) गजल र पजल १०) केही हाइकुहरु ।
विविध
जनमत के भन्छ ?– मोहन दुवाल ।